प्रजातन्त्र दिवस मनाउन १ सय ५१ सदस्यीय समिति

प्रजातन्त्र दिवस मनाउन  १ सय ५१ सदस्यीय समिति

दैलेख फागुन ५ ।
दैलेखमा ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने तयारी स्वरुप १ सय ५१ सदस्यीय जिल्ला स्तरीय मूल समारोह समिति गठन गरिएको छ । दिवसका अबसरमा तीन दिन सम्म विभिन्न कार्यक्रम गरी मनाउन जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम बहादुर थापाको संयोजकत्वमा मुल समारोह समिति गठन गरिएको हो । दैलेख सदरमुकाममा भएको पूर्वतयारी बैठकमा नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्का, सहायक प्रमुख जिल्ला अधिकारी हरिबहादुर खत्री लगाएतको उपस्थितिमा सरकारी अधिकारीहरु, नागरिक समाज संगठनका प्रमुख तथा प्रतिनिधिहरु समेत समावेश भएको मूल समिति गठन गरिएको हो ।
एक सय चार वर्षको जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरण गर्दै दैलेखमा तीन दिनसम्म विभिन्न कार्यक्रम तय गरिएको छ । पूर्व तयारी बैठकले फागुन ६ गते विहान नगर सरसफाई, ७ गते विहान प्रभातफेरीसँगै प्रवचन कार्यक्रम र फागुन ८ गते विहान दैलेख जिल्ला अस्पतालका विरामीलाई फलफूल बितरण कार्यक्रम तय गरिएको छ । फागुन ७ गते विहान दैलेखका तीन वटै रेडियोबाट परिसम्वाद कार्यक्रम गरिने जिल्ला समन्वय समिति दैलेखका प्रमुख एंव मुल समारोह समितिका संयोजक प्रेम बहादुर थापाले जानकारी दिनुभयो ।
सरकारले देशभरका ७ सय ५३ वटै स्थानीय तहहरुलाई प्रदेश मुकाममा मुख्यमन्त्री, जिल्ला सदरमुकाम रहेको मुकाममा जिल्ला समन्वय समिति प्रमुख र बाँकी स्थानीय तहका प्रमुखको संयोजकत्वमा मूल समिति गठन गरी फागुन ६, ७ र ८ गते भव्य रुपमा मनाउन परिपत्र गरेको थियो ।

प्रतिक्रिया