दैलेख महोत्सबको स¥यो, २४ गते उद्घाटन हुने

दैलेख महोत्सबको स¥यो,  २४ गते उद्घाटन हुने

दैलेख फागुन २२
आज उद्घाटन हुने भनिएको दैलेख महोत्सब दुई दिन पछि सरेको छ । मौषम अनुकुल नभएका कारण महोत्सबको मिति सारेर दुई दिन पछी फागुन २४ गते शुक्रवार उद्घाटन हुने भएको दैलेख उद्योग बाणिज्य संघ दैलेखले जनाएको छ । दैलेख उद्योग बाणिज्य संघ दैलेख र नेपाल उद्योग बाणिज्य महासंघले संयुक्त रुपमा आयोजना गरेको दैलेख महोत्सब २०७५ तथा कर्णाली प्रदेश स्तरिय उद्यम कृषि पर्यटन तथा औधोगिक व्यापार मेला पर्सी शुक्रवारबाट सुरु हुने संघका अध्यक्ष कुल बहादुर विकले बताउनुभयो ।
संघको कार्यसमिति बैठकले निर्णय गरि दुई दिन पछाडी सारिएको उहाँको भनाई छ । महोत्सब चैत्र ४ गते सम्म संचालन हुनेछ । दैलेखमा पछिल्ला दिनहरुमा खस्कदै गएको व्यापार व्यवसायको प्रर्वद्धन सँगै दैलेखमा रहेका ऐतिहाँसिक, धार्मिक र पर्यटकिय स्थलहरुको प्रचार प्रसारमा जोड दिने उद्देश्यले व्यापार मेला आयोजना गर्न लागिएको भएपनि मौसमले समस्या बनाएको दैलेख उद्योग बाणिज्य संघका महासचिव राजेश हमालले जानकारी दिएका छन् । उहाँका अनुसार मंगलबार १ सय ५१ सदस्यीय महोत्सब मुल आयोजक समिति गठन गरिएको छ ।
दैलेख उद्योग बाणिज्य संघ दैलेखका अध्यक्ष कुल बहादुर विकको संयोजकत्वमा मुल आयोजक समिति गठन गरिएको महासचिव हमाललले बताउनुभयो । महोत्सबका लागि स्थानीय तथा राष्ट्रिय कलाकारहरुको टुँगो लगाईसकेको आयोजकले कलाकारहरुको समय व्यवस्थापनका लागि पनि फोन मार्फत जानकारी दिएको छ । महोत्सवमा बद्री पंगेनी, टिका पुन, राधिका हमाल, जीवन शर्मा, अर्जुंन सोनाम, कुलेन्द्र बि.क., दुर्गेश थापा, ज्योति मगर, शिवहरी पौड्याल, किरण केसी, सपना शाही, धिरेन्द्र शाही, लोकेन्द्र जि.सी. लगायतका कलाकारहरुले गित संगितमार्फत मनोरञ्जन प्रदान गर्ने भएका छन् ।

प्रतिक्रिया