दैलेख महोत्सब आज देखि

दैलेख महोत्सब आज देखि

दैलेख फागुन २४ । दैलेख उद्योग बाणिज्य संघ दैलेख र नेपाल उद्योग बाणिज्य महासंघ काठमाण्डौद्धारा आयोजित दैलेख महोत्सब २०७५ आज देखि सुरु हुने भएको छ । आज दिउस १ बजे उद्घाटन हुने महोत्सबको सम्पूर्ण तयारी पुरा भएको दैलेख उद्योग बाणिज्य संघ दैलेखका अध्यक्ष कुल बहादुर विकले बताउनुभयो । अध्यक्ष विकका अनुसार चैत्र ४ गते सम्म संचालन हुन दैलेख महोत्सब २०७५ तथा कर्णाली प्रदेश स्तरिय उद्यम, कृषि पर्यटन तथा औद्योगिक व्यापार मेलाको उद्घाटन कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले गर्नुहुने भएको छ । ‘उद्यम, कृषि, पर्यटन र व्यापार समृद्ध दैलेखको मुल आधार’ भन्ने नारा सहित संचालन हुने महोत्सबको उद्घाटनका लागि मुख्यमन्त्री शाहीसँगै कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी, प्रतिनीधि सभा सदस्य पार्वती कुमारी विशुन्के, कर्णाली प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा प्रा.डा.पुण्यप्रसाद रेग्मी, कर्णाली प्रदेश सांसद धर्मराज रेग्मी, अमर बहादुर थापा, धनसिंह नेपाली, दान सिंह परियार, नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डी ढकाल, गुणनीधि तिवारी, हेमराज ढकाल, उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदम शाही लगायतका पाहुनाहरु महोत्सव उद्घाटनका लागि आउनुहुने अध्यक्ष विकले जानकारी दिनुभयो ।
महोत्सवको उद्घाटन १ बजे हुने भएपनि स्थानीय लोकतान्त्रिक चौकबाट ११ बजेदेखि झाँकी, पंचेबाजा, ढालतरवार नाँच, मारुनी सहित बजार परिक्रमा गरिने भएको छ । काँडाचौरमा स्टल निर्माण र मञ्च निर्माणको काम समेत सम्पन्न भैसकेको छ । सदरमुकाम दैलेख बजार व्यानर र गेटले सिंगारिएको छ ।

महोत्सब अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ । महोत्सबमा राष्ट्रिय स्तरमा ख्याती प्राप्त कलाकारहरु बद्री पंगेनी, ज्योती मगर, टिका पुन, राधिका हमाल, कुलेन्द्र विक, अर्जुन सोनाम, जीवन शर्माको प्रस्तुती रहने संघका महासचिव राजेश कुमार हमालले बताउनुभयो । यस्तै दुर्गेश थापा, शिवहरी पौडेल, किरण केसी, लोकेन्द्र जिसी, धिरेन्द्र शाही, सपना शाही लगाएतका कलाकारहरु बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ । महोत्सबमा जिल्लाका ११ वटै स्थानीय तहमा रहेका स्थानीय कला संस्कृतिक प्रर्दशन गर्ने आयोजकले जनाएको छ । महोत्सबको मुख्य आकर्षकको रुपमा हुड्के, ढोलकी, मयूर, मारुनी, सोरठी, ख्याली, पैसरी, टाकटुके लगाएतका नाच रहेको छ ।

प्रतिक्रिया