जनताको चाहाना ‘रोग र भोकबाट मुक्त’ : नेता शाही

जनताको चाहाना ‘रोग र भोकबाट मुक्त’ : नेता शाही


झलक गिरी,दैलेख चैत ६ ।
कर्णाली प्रदेश सभा प्रमुख प्रतिपक्ष दलका नेता जीवन बहादुर शाहीले नेपाली जनताको चाहाना रोग र भोगबाट मुक्त हुनु रहेको बताउनुभएको छ । नेपाली काँग्रेसद्धारा दैलेखको भैरवी गाउँपालिकाको डाडीमाडी बजारमा आयोजित विशाल आमसभालाई सम्बोधन गर्नुहुँदै नेता शाहीले जनताको चाहाना अनुसार सरकारलाई काम गर्न सुझाव दिनुभयो । ‘अहिले सामन्तीहरुको हातमा सत्ता छ,’ नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहनुभएका नेता शाहीले भन्नुभयो ‘अहिलेको अवस्थामा बन्दुक उठाएर आन्दोलनमा उत्रने बेला नभएको भन्दै मुलुकको विकास र समृद्धिका लागि सबै एक जुट हुनु आवश्यक छ ।’

सभालाई सम्बोधन गर्नुहुँदै कर्णाली प्रदेश सभा सदस्य हिम बहादुर शाहिले सरकारमा बसेको दलको विरोध गर्नुभन्दा पहिला काँग्रेस सच्चीनुपर्ने बताउनुभयो । काँग्रेस भित्रको आन्तरिक समस्याका कारण दैलेख जिल्लामा हार बेहोर्नुपरेको बताउदै सदस्य शाहीले जनताको आधारभुत समस्या समाधानका लागि काँग्रेस सधै तत्पर रहेको बताउनुभयो । त्यस्तै नेपाली काँग्रेस दैलेखका सभापति कृष्ण बिसिले अहिलेको सरकारले जनतालाई भ्रममा पारेको आरोप लगाउनुभयो ।

‘सडक, शिक्षा, विद्युत, स्वास्थ्य, खानेपानीको समस्या अझै पनि उस्तै छ, सभापति विसीले भन्नुभयो ‘बहुमत प्राप्त सरकारले अहिले सम्म कुनै विकास गर्न सकेको छैन् ।’ सोहि अबसरमा काँग्रेस महाधिवेशन प्रतिनीधि एवं नेपाल महिला संघ दैलेखका सभापति सिता कुमारी रानाले कम्युनिष्ट सरकार गठन भएको दुई बर्ष बित्न लाग्दा समेत जनताले परिवर्तनका महशुस गर्न नपाएको धारणा राख्नुभयो । आमसभालाई पार्टीका नेता घनश्याम भण्डारी, भुपेन्द्र शाही, खेमराज केसि लगाएतले सम्बोधन गरेका थिए । नेपाली काँग्रेस भैरवी गाउँपालिकाका सभापति सुर्य बहादुर शाहीको अध्यक्षतामा भएको आमसभाको संचालन झक्क विष्टले गरेको बताइएको छ ।

प्रतिक्रिया