छोरीलाई ४ वर्षदेखि यौन शोषण गरेको आरोपमा बाबु पक्राउ

छोरीलाई ४ वर्षदेखि यौन शोषण गरेको आरोपमा बाबु पक्राउ

मकवानपुर -आफ्नै छोरीलाई यौन शोषण गरेको आरोपमा हेटौंडा प्रहरीले बाबुलाई पक्राउ गरेको छ ।हेटौंडा उपमहानगरपालिकाका ४७ वर्षका एक बाबुले आफ्नी १७ वर्षकी छोरीलाई यौन शोषण गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

आफुमाथि ४ वर्षदेखि लगातार यौन शोषण गरिरहेको छोरीले बताएपछि प्रहरीले बुवालाई पक्राउ गरेको हो । उनलाई १४ दिन म्याद थपगरी अनुसान्धान प्रकृया अघि बढाइएको मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले बताए ।बाबुले लगातार यौन शोषण गरेपछि उनी घर छोडेर भाग्ने क्रममा चितवनको एक संस्थाले फेला पारी मकवानपुरको माइती नेपालको जिम्मा लगाएको थियो ।

मइती नेपाल मकवानपुरका संयोजक माया लामाले भारत रहँदा पीडित बालिकाको आमाले अन्यत्र विवाह गरेर गएपछि उनलाई नेपाल ल्याइएको र बुवाले सानै उमेरबाट यौन शोषण गर्ने गरेपछि पीडित किशोरी घर छोडेर भागेको अवस्थामा चिववनबाट मकवानपुर ल्याइएको बताइन् ।

कक्षा ९ मा पढ्ने उनको बुवाकै कारण पढाइ पनि बिग्रिएको जनाएकी छिन् । उनले बुबाले दोस्रो विवाह गरेपछि एकातिर घरको तनाव र बुबाले यौन शोष गरेको प्रहरीसँग बताएकी छिन् ।त्यस्तै प्रहरीले मंगलबार हेटौंडाको एक होटलबाट बलात्कारको आरोपमा एक युवालाई पक्राउ गरेको छ । हेटौंडा १० स्थित होटलबाट नाबालिकालाई त्रास देखाई करणी गरको आरोपमा थाहा नगरपालिका ६ का राजु बस्नेत पक्राउ परेका हुन् ।

उनले बालिकालाई त्रास देखाएर होटलमा पुर्याइ करणी गरेको प्रहरीले जनाएको छ ।१८ वर्षभन्दा कम उमेरकी बालिकालाई होटलको कोठासम्म पु¥याएको आरोपमा बस्नेतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । होटलबाट उम्केर आएकी उनले प्रहरीमा खबर गरेपछि प्रहरीले बस्नेतलाई खोजी गरी पक्राउ गरेको हो । बस्नेत यसअघि बलात्कार अभियोगमै जेल चलान भै छुटेका व्यक्ति रहेको प्रहरीले जनाएको छ ।
महिला खबर

प्रतिक्रिया