निजी छोडदै,सामुदायिक विद्यालय रोज्दै विद्यार्थी

निजी छोडदै,सामुदायिक विद्यालय रोज्दै विद्यार्थी

बैशाख ११,नेपालगञ्ज । शहर देखी ग्रामिण भेगका अधिकाँश सामुदायिक विद्यालयमा विद्यार्थीको आर्कषण बढ्न थालेको छ । ग्रामिण भेगका सामुदायिक विद्यालयले नर्सरी अंगे्रजी माध्यमबाट अध्यापन गराउन थालेपछि निजी छोडेर विद्यार्थीको सामुदायिकमा आर्कषण बढने थालेको हो ।


दैलेखको ठाटिकाँध गाउँपालिका –५ स्थित मालिका मावि ठिमुरे विद्यालय विद्यार्थी पिटी खेल्दै । पछिल्लो समय अंग्रेजी माध्यमबाट पढाउन थालेपछि विद्यार्थी चाप बढदै गएको छ । तस्वीर ः भक्तबहादुर शाही


२०२० स्थापना भएको दैलेख ठाटिकाँध गाउँपालिका मालिका माध्यामिक विद्यालयमा पछिल्लो समय विद्यार्थीको चाप बढदै गएको छ । नर्सरी देखी कक्षा ३ सम्म अंग्रेजी माध्यमबाट पढाई हुन थालेपछि विद्यार्थी संख्यामा बृद्धि हुन थालेको प्राधनाध्यापक महेन्द्रकुमार शाहीले बताए । उनले भने, हामीले नर्सरी देखी ३ सम्म अंग्रेजी माध्यमबाट अध्यापन गराउन थाल्दा विद्यार्थी निजी विद्यालय छोडेर मालिका आउने गरेका छन् । दैलेख आठविस नगरपालिका जनता बोर्डिङ्गबाट १३ जना,कैलाली र सुर्खेतबाट २÷२ गरि १७ जना भर्ना भईसकेको जानकारी दिए । उनले भने, विद्यालयको सबै कुरा शुन्यबाट शुरु गर्नुपर्ने भएकोले चुनौतिपुर्ण छ । यसका लागि हामी सबै सँग सहयोगको अपेक्षामा छौं ।
शैक्षिक सत्र २०७५।०७६ विद्यार्थीको संख्या ४४७ रहेको थियो भने चालु शैक्षिक सत्रमा बढेर ५ सयसम्म पुग्न सक्ने प्राध्यापक शाहीले जानकारी दिए । नर्सरी देखी कक्षा १० सम्म अध्यापन गराउने विद्यालयमा १ जना प्रावि स्थायी,१ जना अस्थायी ६ जना राहत,२ जना कर्मचारी बाँकी ७ जना विद्यालयको आन्तरिक कोषबाट शिक्षक र कर्मचारी नियुक्ती गरिएको छ । विद्यालय आगामी दिनमा कक्षा १० सम्म अंग्रेजी माध्यमबाट पढाउने योजना बनाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारा देवी शाहीले जानकारी दिइन । उनले भनिन् हामीले भक्तपुरको एभरेष्ट ईग्लिस बोर्डिङ्ग स्कुलको विद्यार्थीको जन्मदिनको कोष सहयोगबाट १५०१ पुस्तक प्राप्त गरि विद्यालयमा पुस्तक स्थापना गरेका छौ । विद्यालयमा आगामी दिनमा विज्ञान प्रयोगशाला,कम्युटर ,ल्याव,घेरबार र फर्निचर बनाउन लागि रहेको योजना सुनाइन् ।
मालिका मावि विद्यालयले २०६४ मा १ रोपनी जग्गा खरिद गरेको थियो भने ०७४ सालमा ४ हजार बर्गमिटरमा खेलमैदान निर्माण गरेको छ । आर्थिक बर्ष २०७४।०७५ ठाटिकाँध गाउँपालिकाले सो विद्यालयको खेलमैदान निर्माणको लागि विनियोजन गरेको १२ लाख रकम भुक्तानी नदिएको शिक्षक देवहादुर शाहीले दुखेसो पोखे । हामीले जनप्रतिनिधीकै सल्लाहमा डोजर प्रयोग गरि खेलमैदान बनायौं, अध्यक्षले भुक्तानी दिदा ७ लाख रकम लिउ भने हामीले प्राविधिक मुल्यांकन अनुसार जति आउँछ त्यति लिने भनेपछि रकम लिएनौं,उनले भने । गाउँपालिकाले भुक्तानी नदिएको विरोधमा तत्कालिन समयमा स्थानीयबासी, विद्यार्थी र अभिभावकले एक दिने विरोध कार्यक्रम गरेका स्थानीयबासी बताउँछन् ।

सहयोग होइन माया हो

दैलेख जिल्ला ठाटिकाँध –५ जन्मथलो भई हाल बर्दियाको भुर्रिगाउँमा बसोबास गरिरहेका ग्रामिण विकास बैंक गुलरिया शाखामा शाखाप्रमुख चक्रबहादुर शाहीले विद्यालयको भौतिक शैक्षिक तथा सामाजिक विकासको लागि रु १ लाख ५ हजार ५ सय ५५रुपैयाँ विद्यालयको दैलेख स्थित राष्ट्रिय बाणिज्य बैंक हि.नं ४०१००००२७९०१ जम्मा गरि सहयोग गरेको टेलिफोनबाट जानकारी दिए । उनले भने,मेरा कलिला पैतला,शिशु औला,कलिलो बोली त्यो स्कुलमा छरिएको छ । शिक्षाका पाईला, प्रारम्भिक अक्षर सिकाउने त्यो मन्दिरलाई सहयोग नभई माया गरेको हुँ । अब केही दिन भित्र ५० हजार रकम सहयोग गर्ने प्रतिबद्धता जनाए । त्यसैगरि सो विद्यालयलाई भोलुन्तियर नेपालका राधा मताङ्गी, दिपक चापाई एभरेष्ट बोर्डिङ्ग स्कुलका प्रिन्सिपल भक्तराज भण्डारी सगरमाथा आरोही गोकुल थापाले समेत सहयोग गरेको विद्यालय व्यवस्थापन अध्यक्ष तारा देवी शाहीले जानकारी दिइन् ।

प्रतिक्रिया