समुदायको आवश्यकतालाई ध्यान दिनुहोस – थापा

समुदायको आवश्यकतालाई ध्यान दिनुहोस – थापा

दैलेख जेठ ३ गते । कर्णाली प्रदेशसभाका सदस्य अम्मरबहादुर थापाले समुदायको आवश्यकता अनुसार स्थानीय सरकारले विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिनुभएको छ ।
दैलेखको नारायण नगरपालिका–३ स्थित जनजागृति आधारभूत विद्यालय प्यूसेको २२ औ वार्षिकोत्सव कार्यक्रममा बोल्दै जनताको सुविधाको लागि संघीय व्यवस्था ल्याइएको बताउनुभयो ।
संविधानसभाका पूर्वसभासद् ललिता रेग्मीले नेकपाको सरकारले सुखी नेपाली समृद्ध नेपाल नारा ल्याएको विकास र स्थानीयस्तरमा रोगजारी सिर्जना गर्न शिक्षाको गुणस्तर बढाउन शिक्षकहरु इमान्दार हुनुपर्ने आवश्यकता दर्शाउनुभयो ।
जनजागृति आधारभूत विद्यालयका विव्यस अध्यक्ष हर्कबहादुर नेपालीको अध्यक्ष्यतामा भएको कार्यक्रममा जिल्ला स्तरीय नेताहरु टेकबहादुर खाँण, मणिराम रेग्मी, सावित्री मल्ल, हरिमाया शर्मा, गणेश उपाध्याय, नेपाल शिक्षक संघका जिल्ला सभापति कृष्णबहादुर थापा लगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया