साविकको जिविसका कर्मचारीलाई विदाई तथा सम्मान

साविकको जिविसका कर्मचारीलाई विदाई तथा सम्मान

दैलेख जेठ ११
जिल्ला समन्वय समिति दैलेखले साविकको जिल्ला विकास समितिको कार्यालयमा काम गरि हाल स्थानीय तहमा कार्यरत कर्मचारीहरुको विदाई गरेको छ । जिसस दैलेखले विदाई भएर गएका ३७ जना कर्मचारीलाई मायाको चिनो, प्रमाणपत्र र खादा ओडाइएको थियो । कर्मचारी विदाई कार्यक्रमका अबसरमा जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाले स्थानीय तहको सेवा प्रभावकारिता र श्रोतको उचित सदुपयोग गराउन स्थानीय तहका कर्मचारीलाई आग्रह गनुभएको छ । प्रमुख थापाले स्थानीय तहमा गएको बजेट र अधिकार अनुसारको काम लक्षित समुदायको जीवनस्तर उठाउने काममा उपयोग गर्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई सघाउन कर्मचारीहरुको कर्तव्य समेत भएको स्मरण गराउनुभयो ।
दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बासकोटाले अरु निकायमा काम गरेका कर्मचारीको तुलनामा साविकको जिल्ला विकास समितिमा काम गरेका कर्मचारी कार्यशैली र क्षमता अब्बल रहेको बताउनुभयो । कार्यक्रममा चामुण्डाबिन्द्रासैनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलक बिकले आफूले साविकको जिविसमा कामगर्दा सिकेको ज्ञान र क्षमताले आफूलाई अधिकृत बन्न सघाएको बताउदै यो उपलब्धीको श्रेय दिंदै अहिलेको जिल्ला समन्वय समितिले सम्झेकोमा धन्यवाद दिनुभयो । कार्यक्रममा साविकको जिल्ला विकास समितिमा काम गरेका सुनिता केसी खाण र नेपाल निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष तीर्थबहादुर जीसीले आ–आफ्नो विचार राखेका थिए ।

प्रतिक्रिया