गणतन्त्र दिवस मनाउन १ सय ५१ सदस्यीय समिति

गणतन्त्र दिवस मनाउन १ सय ५१ सदस्यीय समिति

दैलेख जेठ १२ ।
गणतन्त्र दिवस विविध कार्यक्रमका साथ मनाउन १ सय ५१ सदस्य जिल्ला स्तरीय मूलसमितिले गठन गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाको अध्यक्षतामा आज बसेको तयारी बैठकले मूलसमिति गठन गरेको छ ।
जेठ १४ गते विहान सरसफाई, १५ गते प्रभातफेरी र रेडियो सम्वाद कार्यक्रम, १६ गते अस्पतालका विरामीलाई कपडा, पोषण सामग्री र केही विद्यालयका जेहेन्दार विद्यार्थीलाई छात्रबृति वितरण गर्ने लगायतका कार्यक्रम गर्ने र तीनै दिन सरकारी कार्यालय, पार्टी र प्रतिष्ठानहरुमा दीपावली गर्ने निर्णय भयो ।
तयारी बैठकको क्रममा सार्वजनिक कार्यक्रमहरुमा राजनीतिक दलका नेता तथा कार्यकर्ता, सरकारी कर्मचारी, व्यापारी र जनप्रतिनिधिहरुको सहभागिता कम सहभागिता हुने गरेको विषय व्यापक छलफल भएको थियो । आउदो गणतन्त्र दिवसमा व्यापक सहभागिता जुटाउन प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बासकोटाले आग्रह गर्नुभयो ।
नारायण नगरपालिका, बहुक्षेत्रीय पोषण कार्यक्रम, सामाजिक सेवा केन्द्र (सोसेक), सेवक, दैलेख उद्योग बाणिज्य संघका अध्यक्ष कुलबहादुर बिकको व्यक्ति सहयोगमा कार्यक्रमको खर्च व्यहोर्ने तयारी बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया