विश्व वातावरण दिवस मनाइयो

दैलेख–पलाँता एकता नेतृत्व विकास युवा क्लबको आयोजना तथा एईआएन लक्जेम्बर्र्गको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्वारा संचालित महिला युवा तथा बाल अधिकार प्रर्वद्धन (आधार) परियोजना र जनविचार आधारभुत विद्यालयको समन्वयमा पलाँता गाउँपालिका वडा नं. ४ मा विश्व वातावरण दिवस मनाइएको छ ।
‘स्वच्छ वायु, स्वच्छ जीवन’ नारा सहित आयोजित दिवसका अबसरमा वातारण संरक्षणका विषयमा अन्तरक्रिया गरिएको थियो ।
समाजसेवी करदल महतराको अध्यक्षतामा आयोजित कार्यक्रममा निर्वाचित जनप्रतिनीधि, आमा समुह, महिला समुह, बाल क्लब, युवा क्लबका पदाधिकारीहरु स्वास्थ्यकर्मी, शिक्षक, विद्यार्थीको सहभागिता रहेको थियो ।
प्रतिक्रिया