घाइतेको हेलिकप्टरबाट उद्धार

घाइतेको हेलिकप्टरबाट उद्धार

दैलेख असार २ गते ।
दैलेखको ठाटीकाँध गाउँपालिका–३ बहाँकोटमा आज विहान भएको जीप दुर्घटनामा परि गम्भिर घाइते भएकाहरुको हेलिकप्टरबाट नेपालगंज गरिएको छ । दुर्घटनामा गम्भिर घाइते भएका चारै जनालाई सुमित एयरलाइन्सको हेलिकप्टर मार्फत नेपालगंज लगिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेतबाट ठाटीकाँध तर्फ जाँदै गरेको भे १ च २०९० नम्बरको जीप दुर्घटना हुँदा १० जना घाइते भएका थिए । घाइते मध्ये ठाटीकाँध गाउँपालिका–४ का जीप साहु ३० बर्षिया लोकेन्द्र बहादुर शाही, सोहि ठाउँका ३० बर्षिया बम बहादुर शाही, ४२ बर्षियाा सुरत शाही र जीप चालक २५ बर्षिया भरत विष्टलाई थप उपचारका लागि नेपालगंज लगिएको हो । उनिहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरिक्षक ठाकुर प्रसाद पोखरेलका अनुसार जीप साहु शाहीको टाउको र हातमा गम्भिर चोट लागेको छ भने जीप चालकको कम्मरमा चोट गालेको छ । अन्य दुई जनाको मुख र छातीमा चोट लागेको छ । दुर्घटनामा परि सामान्य घाइते भएकाहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको छ । ब्रेक फेल हुँदा जीप दुर्घटनामा भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

प्रतिक्रिया