उच्च अदालतको आदेश सदर

साउन १७ काठमाडौं -सर्वोच्च अदालतले सुनकाण्डमा महावीर गोल्यान बाहेक अरुको हकमा उच्च अदालत विराटनगरले गरेको आदेश सदर गरेको छ ।न्यायाधीश अनिलकुमार सिन्हा र शुस्मलाता माथेमाको इजलासले शुक्रबार गोल्यानलाई १० लाख धरौटीमा छाड्न आदेश दिएको छ । उच्च अदालतले उनलाई पूर्वक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।अरूको हकमा भने उच्च अदालतले दिएको आदेश नै सदर भएको छ ।
यो आदेशसँगै निलम्बित डीएसपी सञ्जय राउत, पूर्व एसएसपी श्यामबहादुर खत्री, भुजुङ गुरुङ, छिरिङ वाङद्ने घले उर्फ डा। डेभिड थुनामा नै रहने भएका छन् ।उच्च अदालतले सई बालकृष्ण सञ्जललाई साधारण तारेख छाडेको थियो भने विमल पोद्दार र राजेन्द्रकुमार शाक्य १० लाख धरौटीमा छुटेका थिए ।
प्रतिक्रिया