एनसिई दैलेखको संयोजकमा गिरी

एनसिई दैलेखको संयोजकमा गिरी

दैलेख भदौ ९ ।
शिक्षाका लगि राष्ट्रिय अभियान नेपाल (एनसिई–नेपाल) जिल्ला समन्वय समिति दैलेखको संयोजकमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका दुर्गा गिरी चयन भएकी छिन् । समितिको सोमवार दैलेखमा भएको दोस्रो जिल्ला अधिवेशनले गिरीलाई अध्यक्षमा चयन गरेको हो । अधिवेशनले समितिको सदस्य सचिवमा स्याकका भरतराज अधिकारीलाई चयन गरेको छ ।

यस्तै सदस्यहरुमा महिला सशक्तिकरण मञ्चका डिलकुमारी चन्द, अन्नपूर्ण पोष्ट्का दैलेख जिल्ला संवाददाता हिक्मतबहादुर नेपाली, रेडियो धु्रवतारामा कार्यरत रजनी योगी चयन भएका छन् ।
यसैगरी एभरेष्ट क्लब दैलेखका लिलाराम रम्तेल, ईन्सेक जिल्ला प्रतिनीधि अमर सुनार, शिक्षा पत्रकार समुहका यज्ञराज थापा र श्याम विसी पनि समितिको सदस्यमा चयन भएको जनाइएको छ । दोस्रो जिल्ला अधिवेशनले यहि भदौ २० र २१ गते काठमाण्डौमा हुने केन्द्रिय अधिवेशनका लागि संयोजक दुर्गा गिरी र सदस्य सचिव भरतराज अधिकारीलाई पठाउने निणर्य गरेको छ ।
अधिवेशनलाई सम्बोधन गर्दैै एनसिईका केन्द्रिय सदस्य टिकाराम आचार्यले नवनिर्वाचित समितिले दैलेख जिल्लाको शिक्षा क्षेत्रको विकास र लगानी बढाउन स्थानीय सरकारलाई घघच्याईरहने विश्वास व्यक्त गरे । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका अध्यक्ष हीरासिंह थापाले समितिलाई बधाई ज्ञापन गर्दै शिक्षा सुधारका लागि दबाब दिन दबाबमूलक अभियानहरु संचालन गुर्नपर्नेमा जोड दिए । अभियान शिक्षा क्षेत्रमा गुणस्तरीयता, समावेशीता, पारदर्शिता एवं सवैको पहुँच सुनिश्चित गर्नका निमित्त क्रियाशिल छ ।

प्रतिक्रिया