बझाङमा भान्जी बलात्कारको आरोपमा मामा पक्राउ

बझाङमा भान्जी बलात्कारको आरोपमा मामा पक्राउ

असोज १०, बझाङ । भान्जी बलात्कार गरेको अभियोगमा मामा पक्राउ परेका छन् । मामाघरमा बस्दै आएकी भान्जीलाई केही वर्ष अघिदेखि नै मामाले बलात्कार गर्दै आएको खुल्न आएको जिल्ला प्रहरी बझाङले जनाएको छ ।

पालन पोषण गर्ने र पढाइ दिने भन्दै घरमा राखेकी भान्जीलाई केही वर्षदेखि नै उनले पटक–पटक बलात्कार गर्ने गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक ९इन्सपेक्टर० ईश्वरीदत्त पाण्डेयले बताउनुभयो । उनीमाथि बिहीबार जबरजस्ती करणीमा मुद्धा दर्ता गरी जिल्ला अदालतबाट म्याद थपसहित आवश्यक अनुसन्धान भैरहेको प्रहरी निरीक्षक पाण्डेयले बताउनुभयो ।

कक्षा ९ मा अध्यनरत बालिकामाथि बलात्कार गर्ने मामा ६३ वर्षका रहेको प्रहरीले जनाएको छ । उनले भान्जीको मोबाइलमा अश्लिल तस्बिरसमेत खिचेको भेटिएको छ ।

बालिकाको भाइले आफ्नो दिदीको मोबाइल चलाउन खोज्दा नजानेपछि गाउँका एक छिमेकीलाई मोबाइल चलाउन सिकाइदिन आग्रह गर्दा मोबाइलमा अश्लिल तस्बिर देखेपछि घटना बाहिरिएको हो ।

प्रतिक्रिया