दैलेखमा पनि प्रहरी दिवस (फोटोफिचर)

दैलेखमा पनि प्रहरी दिवस (फोटोफिचर)

दैलेख असोज २४ ।
नेपाल प्रहरीको ६४ औं स्थापना दिवस दैलेखमा पनि मनाईएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखको आयोजनामा प्रहरी दिवस मनाइएको हो । देशव्यापी रुवपा दिवस मनाउने कार्यक्रम अनुसार दैलेख प्रहरीले पनि दिवस मनाएको हो ।
कार्यक्रममा प्रतिनीधि सभाका सांसद राजबहादुर बुढाले प्रहरीले जनताको शान्ति सुरक्षाका लागि भावी दिनमा अझ बलियो भएर अगाडी बढ्नुपर्ने बताए । उनले शान्ति र सुरक्षा भरपर्दो भएमात्रै मुलुकको विकास सम्भव रहेको औल्याए । दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले प्रहरीले बिगतका दिनहरुमा भएका कमजोरीलाई सच्याउदै आगामी दिनमा कमजोरी नदोहोरिने गरि काम गर्नुपर्ने बताए ।
प्रहरी दिवसको अबसरमा देशका लागि ज्यान गुमाएका अमर सहित प्रहरीहरुको सम्मानमा प्रतिनीधि सभाका सांसद राजबहादुर बुढा, रविन्द्रराज शर्मा, प्रमुख जिल्ला अधिकारी युवराज कटेल, प्रहरी प्रमुख हरिबहादुर ओली, पूर्व प्रहरी अधिकृत, सर्वसाधारणले सहिद प्रहरी स्तम्भमा माल्यार्पण गरेका थिए । कार्यक्रममा प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले पठाएको शुभकामना सन्देश पढेर सुनाईएको थियो । दिवसका अबसरमा आयोजित कार्यक्रममा कर्णाली प्रदेश सभाका सांसदहरु, सरकारी तथा गैरसरकारी निकायका प्रमुख प्रतिनीधिहरु लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया