नगरवासीलाई दसैँमा बस सेवा ‘उपहार’

नगरवासीलाई दसैँमा बस सेवा ‘उपहार’

दैलेख- दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाले नगर बस संचालनमा ल्याएको छ । कर्णाली प्रदेशमै पहिलो पटक जनतालाई यातायात सुविधा पहुँचलाई सहज बनाउने उद्देश्यका साथ नगर बस संचालनमा ल्याएको हो । नगर बस संचानलमा आएपछि स्थानीयहरु खुसी भएका छन् ।
चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगरप्रमुख सूर्यबहादुर शाहीले पालेतडा देखि तीजडासम्म नगर वस संचालन गरिएको जानकारी दिए । पालेतडा तथा पाल्त क्षेत्रका सर्वसाधारणलाई यातायात सेवालाई सहज बनाउने उद्देश्यका साथ नगर वस सेवा संचालन गरिएको उनको भनाई छ । अब निरन्तर पालेतडा देखि तीजडामासम्म नगर वस सेवा संचालन हुनेछ ।
नगरपालिकाका प्रायजसोः सबै वडाहरु सडक संजालसंग जोडिसकेको र गाउँमा तत्काल खोजेको समयमा गाडी नपाउने र सानै कामका लागि पनि गाडी रिर्जब गरेर नै जानुपर्ने भएकाले गरिब, असहाय र असक्तका लागि गाडी रिजर्व गर्न निकै गाह्रो हुने गरेको उनको भनाई छ । उनले भने, ‘नगर बसले सुलभ टिकटमा सबै नगरबासीलाई सेवा प्रदान गर्ने छौँ ।, अब नगरबासीलाई आवत–जावत गर्न सहज हुनेछ ।’
नगरसभा र नगरकार्यपालिकाको बैठकबाट नगरबासीहरुको यातायातमा सहजताका लागी नगर बस संचालनमा ल्याउने निर्णय अनुरुप नै नगर बस संचालनमा ल्याईएको हो । जेष्ठ नागरिक, बाल–बालिका र अपांगता भएका व्यक्तिहरु निःशुल्क सेवा प्रदान गरिने उनको भनाई छ ।
लामो तथा छोटो दुरीका जीपहरुले महिला, बालक, वृद्धवृद्धा, अपांगता तथा सर्वसाधारण व्यक्तिले सहज र सस्तो रुपमा सेवा नपाउने भएपछि नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा नगर सभाबाट ३५ लाख बजेट विनिजोजित गरि नगर बस संचालनमा ल्याईएको चामुणडाविन्द्रासैनी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत तिलक विकले जानकारी दिए । उनले नगर क्षेत्रका जनतालाई सहुलियत यातायातको निकै समस्या भएकोले नगर बस सन्चालनमा ल्याएको जानकारी दिए । नगरपालिकाको वडा नम्बर १ देखि ९ नम्बर वडासम्म नगर बस सञ्चालन गरिने उनले जानकारी दिए । सहुलियत भाडा दर कायम गरी नगरपालिकाले २१ सिट क्षमता भएको बस संचालनमा ल्याएको हो । नगर बसको विभिन्न रुटको भाडादर निर्धारण गरिने र टिकट अनिवार्य गरिने बताईएको छ ।

प्रतिक्रिया