दैलेखमा स्काभेटर पल्टियो

दैलेखमा स्काभेटर पल्टियो

दैलेख कात्तिक ३– जिल्लाको डुंगेश्वर गाउँपालिका – २ लाँकुरीमा स्काभेटर दुर्घटना हुँदा तीनजना धाइते भएका छन भने दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। गाउँपालिका २ को लाँकुरीदेखि अतुरालि सडक सफा गर्ने क्रममा बा २ क ४३५६ नम्बरको स्काभेटर दुर्घटना भएको प्रहरी चौकी चुप्राका हवल्दार वीरेन्द्रबहादुर शाहीले बताए । दुर्घटनामा गम्भीर घाइते हुनेमा डुंगेश्वर गाउँपालिका–२ का कमल विष्ट र बालक टीकाराम विष्ट रहेका छन् । स्काभेटर चालक दुल्लु नगरपालिका–१२ का पुरन शाही पनि घाइते भएको प्रहरीले बताएको छ । गम्भीर घाइते दुवैलाई उपचारका लागि नेपालगन्ज लगिएको छ । सामान्य घाइते चालक शाहीलाई उपचारका लागि दैलेख जिल्ला अस्पताल ल्याइएको प्रहरिले जनाएको छ ।

प्रतिक्रिया