लागुऔषध सहित एक पक्राउ

लागुऔषध सहित एक पक्राउ

दैलेख, कात्तिक १० – डुङ्गेश्वर गाउँपालिका–६ मटेलाबाट प्रहरीले लागुऔषध सहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुल्लु नगरपालिका–११ घर भई हाल डुङ्गेश्वर गाउँपालिका–६ माथिल्लो डुङ्गेश्वर बस्ने २० बर्षिय गणेश सुनार रहेका छन् । सुनारलाई जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरी टोलीले शनिवार साँझ ८ सय ५० मिलीग्राम लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित पक्राउ गरिएको डिएसपी हरिबहादुर ओलीले बताए ।
मटेला स्थित छविलाल पौडेलले सञ्चालन गरेको खुद्रा नास्ता पसलमा शंकास्पद अवस्थामा बसेको अवस्थामा रातो पलाष्टिकमा सेतो धागोले बाँधेको एक पोका ८ सय ५० मिलिग्राम लागु औषध सहित पक्राउ गरिएको डिएसपी ओलीले बताए । पक्राउ परेका सुनारलाई जिल्ला प्रहरी कार्यालय दैलेखमा राखि थप अनुसन्धान भईरहेको डिएसपी ओलीले जानकारी दिए ।

प्रतिक्रिया