आईतबारको दिनलाई सुखमय बनाउन मुक्तिनाथ दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल !

आईतबारको दिनलाई सुखमय बनाउन मुक्तिनाथ दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल !

वि.सं.२०७६ साल कात्तिक २४ गते । आईतबार । ईश्वी सन् २०१९ नोभेम्बर १० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । कार्तिक शुक्लपक्ष । तिथि त्रयोदशी,२४ घडी ५६ पला,बेलुकी ०४ बजेर २० मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र रेवती,२९ घडी २५ पला,बेलुकी ०६ बजेर ०७ मिनेट उप्रान्त अश्विनी । योग बज्र,१५ घडी ०० पला,दिउसो १२ बजेर २१ मिनेट उप्रान्त सिद्धि । करण तैतिल,बेलुकी ०४ बजेर २० मिनेट उप्रान्त गर,रातको ०५ बजेर १० मिनेट उप्रान्त वणिज । आनन्दादिमा प्रवद्र्ध योग । चन्द्रराशि मीन,साझ ०६ बजेर ०७ मिनेट उप्रान्त मेष । काठमाडौंमा सूर्योदय ०६ बजेर २१ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १२ मिनेट । दिनमान २७ घडी ०८ पला । पञ्चक साझ ०६ बजेर ०७ मिनेटसम्म। विष्णु–बैकुण्ठ चतुर्दशी व्रत। पाल्पाको दर्लमडाँडामा महाकाली भगवती रथयात्रा। डोटीमा केदार मेला। सर्वार्थसिद्धि योग साझ ०६ बजेर ०७ मिनेटपछि।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

कामहरु समयमा सम्पन्न नहुने तथा गल्ति गर्नाले दण्ड तथा जरिवाना तिर्नु पर्ने हुन सक्छ ध्यान दिनुहोला । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । स्वास्थ्यमा समस्या आउने तथा भौतिक साधन स्रोतको प्रयोग गर्दा ख्याल गर्नुहोला औषधि उपचार खर्च बढेर जानेछ । लामो दुरिको बिदेश यात्राको गतिलो योग रहेकोछ भने बिदेशमा बसेर पेशा व्यावसाय गर्नेहरुका लागि समय उत्तम रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

आर्थिक रुपमा सबल हुँनका लागि चालिएका कदमहरु कमजोर रहने हुँनाले मानशिक तनाब बढ्नेछ भने मानव निर्मित साधन तथा प्राकृतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । तरपनि प्रयत्न गर्दा बिभिन्न किसिमका मानव निर्मित भौतिक साधनहरु लाभ हुनेछन् । प्रेम प्रशङगले दिन रमाईलोका साथ बित्नेछ । ईच्छित कामनाहरु पुरा हुने समय रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

बिशिष्ट व्याक्तिहरु सँग सन्तुलित व्यावहार गर्नुहोला सामान्य बिवाद हुँन सक्छ । राजनिति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचना बढि सुन्नु पर्नेछ । अग्रजहरुको सुझाबलाई सिरोधार्य गर्दै अगाडि बढ्न सके समयले साथ दिनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । व्यापारमा प्रशस्त समय दिएमात्र आर्थिक रुपमा सम्पन्न हुन सकिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

साहित्य तथा रचनात्मक क्षेत्रमा समय लगानि गरि नाम कमाउन सकिनेछ । माता पिताको आशिर्वादले समाजमा राम्रा काम गर्न सकिनेछ । प्रेममा सामिप्यता बढ्नेछ भने जीवन साथिको भरपुर सहयोग पाईने योग रहेकोछ । पढाई लेखाईमा मन जानेछ भने नया प्रकृतिको खोज तथा अनुशन्धानबाट भनेजस्तो सफलता हात लाग्नेछ । शिक्षा पेशा तथा अध्यात्म क्षेत्र सँग सम्बन्धित कामहरु फस्टाएर जानेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

तपाईले सुरु गर्नु भएको काममा आफ्ना भन्नेहरुले नै बाधा तथा अवरोध गर्न सक्छन् ध्यान दिनुहोला । समय र परिस्थितिको अध्ययन नगरि अरुको कुरामा दोडनाले दुख पाईनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिय घटना नहोला भन्न सकिन्न । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले नचाहादा नचाहादै टाडिनु पर्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

माया प्रेममा आत्मियताको कमि हुनेछ तथा पति पत्निबिच अबिश्वास सिर्जना हँुनेछ । समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ भने समयमा काम सम्पन्न नहुँदा आर्थिक ब्याबस्थापन गर्न गाह्रो हुनेछ । साझेदारि व्यावसायमा लगानि नवढाउँनु उचित हुनेछ किनकि साझेदारहरु बिच मनमुटाब सिर्जना हुन सक्छ । बिद्या तथा प्रतिश्पर्धामा सन्तोषजनक प्रगति गर्न सकिनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

निति नियम तथा कानुन नमान्दा फन्दामा परिन सकिन्छ ध्यान दिनुहोला । सत्रुले दुख दिनेछन् भने न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईका पक्षमा हुँने छैनन् । सिमित स्रोत तथा साधनबाट असिमित आवस्यक्ताहरु पुरा गर्नुपर्नेछ भने यस्तै बेलामा आम्दानिका स्रोतहरु साघुरा हुनेछन् । ऋण लाग्ने तथा समयमा आर्थिक व्याव्स्थापन गर्न नसक्दा कामहरु अरुकै हातमा जानेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि लामो समय सँगै बसेर भावना तथा मनका कुरा साटासाट गर्ने अवसर प्राप्त हुनेछ । आकस्मिक लाभ हुँने तथा बाधा अवरोधहरु स्वत हटेर जानेछन् भने भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ । बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ भने पढाई लेखाईमा राम्रो प्रगति हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

आम्दानिका स्रोतहरु एक्कासि बन्द हुँदा महत्वपुर्ण कामहरु थाति रहन सक्छन् ध्यान दिनुहोला । समाजसेवामा समय दिएपनि जनतासँग भिज्न नसक्दा प्राप्त हुँने मान सम्मान टरेर जानेछ । आमा वा आमा सरहका मानिसको आशिर्वाद प्राप्त गरि कुनै काम शुरु गर्दा कामहरु बन्नेछन् । अध्ययन अध्यापनको समय दिए अनुशार उपलब्धि नहुँने हुँनाले मन खिन्न हुनेछ । बिहानिपखको समय उत्तम रहेकोले यात्रा सँग सम्बन्धित कामहरु हुनेछन् ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

अवसरहरु प्राप्त भएपनि समय तथा परिस्थिति सोचेजस्तो नहोला । दाजुभाई तथा आफन्तको सुझाब तथा सल्लाह मान्दै अगाडि बढ्न सम्दा फाईदा हुनेछ । सामाजिक सञ्जाल तथा मिडिया जस्ता क्षेत्रमा प्रश्तुति गर्दा ध्यान दिनुहोला । थालेका कामहरुबाट तत्काल फाईदा नभएपनि पछिको लागि जग बसाउने मौका रहेकोछ । यात्रा भएपनि उपलब्धि थोरै हुनेछ भने भरसक यात्रा गर्दा ध्यान दिनु होला ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

पढाई लेखाईमा भनेजस्तो सफलता हात लाग्ने हुदा अरुलाई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । बोलिको प्रभाव बढ्ने हुदा बोलेरै धेरै कामहरु फत्ते गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिको सहयोग पाईने हुदा मन प्रशन्न रहनेछ । समाजसेवा तथा गित संगीत जस्ता क्षेत्रमा समय लगानि गर्नेहरुले भनजस्तो उपलब्धि हासिल गर्न सक्नेछन् ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ भने घर परिवार तथा आफन्तका आवस्यक्ताहरु पुरा गर्न सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको साथ पाईने हुनाले पद प्राप्तीको गतिलो योग रहेकोछ । अध्ययन अध्यापनमा चाहेजस्तो सफलता हात हागी हुने योग रहेकोछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिबाट भनेजस्तो सहयोग पाईने हुनाले आर्थिक स्थिति मजभुत हुनेछ ।

तपाईको दिन शुभ रहोस् ।

ज्योतिषी तारानाथ भण्डारी ।

प्रतिक्रिया