‘भ्वाइस अफ नेपाल’ को उपाधि राम लिम्बुलाई

‘भ्वाइस अफ नेपाल’ को उपाधि राम लिम्बुलाई

तस्बिर प्रमोद खरेलको फेसबुकबाट

काठमाडौं मंसिर २२:  ‘द भ्वाइस अफ नेपाल’ दोस्रो सिजनको उपाधि राम लिम्बुले जितेका छन्। शनिबार काठमाडौंको चुच्चेपाटीमा भएको ग्राण्ड फिनालेमा उनले सबैभन्दा धेरै भोट ल्याएर ‘द भ्वाइस’को उपाधि जितेका हुन्।

अन्तराष्ट्रिय फ्रेनचाइज शो ‘द भ्वाइस’ को बिजेता लिम्बुले १२ लाख नगद, डाटसन रेडी गो कार र १५ लाख बराबरको भिडियो एल्बम र विश्व सांगीतिक यात्राको अवसर पाएका छन्। गत शुक्रबार राति सम्पन्न सेमीफाइनलबाट ८ जनाको प्रतिष्पर्धात्मक शोबाट उत्कृष्ट चार जना फाइनलमा चरणमा प्रवेश गरेका थिए ।

प्रमोद खरेलको टीममा रहेका लिम्बू उपाधि हात पारे। उनको प्रतिस्पर्धामा राजु लामाको टिमबाट शनिस श्रेष्ठ, आस्था राउतको टिमबाट आरिफ र टिम दीप श्रेष्ठको टिमबाट विकास लिम्बु फाइनलमा प्रवेश गरेका थिए। उनीहरुले गरेको प्रस्तुति र दर्शकको भोटिङको आधारमा लिम्बु विजेता बनेका हुन्।

‘द भ्वाइस अफ नेपाल सिजन–२’ को प्रसारण साउन ३१ गतेबाट हिमालय टीभीमा प्रसारण हुँदै आएको थियो । सिजन–१ मा कोच दीप श्रेष्ठबाट सिडी विजय अधिकारीले ‘द भ्वाइस अफ नेपाल’को उपाधि जितेका थिए । 

प्रतिक्रिया