सुवेदीद्धारा निर्देशित ‘हेल्का बुरैली’ सार्वजनिक

सुवेदीद्धारा निर्देशित ‘हेल्का बुरैली’ सार्वजनिक

दैलेख मंसिर २९ । तीन दर्जन बढि गीतमा निर्देशन गरिसकेका नवराज सुवेदीद्धारा निर्देशित थारु भाषाको गीत ‘हेल्का बुरैली’ सार्वजनिक भएको छ । उक्त गीत आरकेसी युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । नेपाली भाषाको विभिन्न विधाका गीतहरुमा निर्देशन गरिसकेका सुवेदीद्धारा निर्देशित थारु भाषाको यो गीत पहिलो हो ।
उक्त गीतमा शव्द संगित सिएल शर्माको रहेको छ । गीतको छायांकन तथा सम्पादन आरकेसी डिजिटलका निर्देशक रामु चौधरीले गरेको बताईएको छ । देवदास थारु र नविना थारुद्धारा अभिनित उक्त गीतले अहिले युटुब च्यानलमा चर्चा बटुल्न सफल भएको छ । बर्दियाको पर्यटकीय स्थल बढैयातालमा छायांकन गरिएको यो गीत अन्य गीतभन्दा आशालाग्दो र दर्शक तथा श्रोताको मन जित्नेमा विश्वस्त रहेको निर्देशक सुवेदीले प्रतिक्रिया दिए ।

भीडियो हेर्नुहोस् ।

प्रतिक्रिया