डुङ्गेश्वर गाउँपालिका स्तरिय नेपाल राष्ट्रिय मगर संघ गठन


दैलेख पुष १२ गते ।
जिल्लाको डुङ्गेश्वर गाउँपालिकामा नेपाल राष्ट्रिय मगर संघको पालिका स्तरिय कार्यसमिती गठन गरिएको छ । गगन रोकाको अध्यक्षतामा शनिवार डाडापराजुलमा भएको एक भेलाले राजेश रानाको संयोजकत्वमा १७ सदस्यिय नयाँ कार्यसमिती चयन गरिएको हो । गाउँपालिकाका कार्यवाहक अध्यक्ष बम बहादुर बिसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली काँग्रेस तथा बिभिन्न भातृ संगठनका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै नेपाली काग्रेसका कोषाअध्यक्ष पुर्ण बहादुर खत्री (चालिसे) ले सबै जाति, भाषा, धर्म तथा वर्ग अटाउने एक मात्र पार्टि नेपाली काँगे्रस भएको दाबी गरे । विगतमा भएका विभिन्न अधिकार प्राप्तीका आन्दोलनहरुमा काँग्रेसले उल्लेखनिय भुमिका निर्वाह गरेको स्मरण गर्दै आगामी दिनमा पनी पार्टि र जनताको साझेदारीमा मात्र अधिकार प्राप्ती गर्न सकिने उनको जोड छ ।
त्यस्तै, नेपाली काँगे्रसका महासमिती सदस्य खेमराज केसीले नयाँ चयन भएको कार्यसमितीलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा आफ्नो संगठन मजुबुद बनाउन सबैको उत्तिकै भुमिका रहेकोमा जोड दिए । नेपाली काँग्रेसकी महाधिबेशन प्रतिनिधी तथा महिला संघकी जिल्ला सभापती सिता रानाले मगर समुदाय छुट्टै पहिचान भएको भन्दै यो समुदायको आफ्नै बिशेषता भएकोले यसलाई संरक्षण गर्दै बिश्व समुदायमा यो समुदायका सस्कृति तथा रितिरिवाजलाई संसारभर फैलाउन सकिनेमा जोड दिए । नवनिर्वाचित कार्यसमितीलाई बधाई दिदै उनले समुदायमा रहेका अनेक साँस्कृतिक परम्परागत रितिरिवाजहरुको संरक्षण र प्रवद्र्धन पनी नयाँ कार्यसमितीको मुख्य एजेण्डा बन्नुपर्नेमा जोड रानाको छ ।
प्रतिक्रिया