अखाद्य बस्तु जलाइयो

अखाद्य बस्तु जलाइयो

दैलेख ः डाँडीमाडी बजारबाट शनिवार जफत गरी ल्याइएको अखाद्य बस्तुहरु जिल्ला प्रहरी कार्यालयले आइतवार जलाएको छ । बिष्कुट, चक्लेट, कोकाकोला–फेण्टा लगायतका पेय पदार्थ समेत करिव ३५ हजार मूल्य बराबरको अखाद्य बस्तु नष्ट गरिएको प्रहरी निरीक्षक नैनबहादुर सावदले जानकारी दिए ।
दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्री र प्रहरी निरीक्षक सावदको टोलीले हिजो भैरबी गाउँपालिकाको डाँडीमाडी बजारको अनुगमन गर्दा भेटिएका अखाद्य बस्तुहरु जफत गरी ल्याएको थियो ।
अनुगमन टोली अखाद्य बस्तुको पहिचान गर्ने तरिका र यसले स्वास्थ्यमा पार्ने असर बारे समुदायलाई जानकारी समेत गराएको सहायक प्रमुख जिल्ला अधिकारी क्षेत्रीले बताए ।

प्रतिक्रिया