गीतकार सुनिता वस्नेतको गीति एल्बम ‘सुरवी’ र कविता संग्रह ‘बिम्ब’ सार्वजनिक

गीतकार सुनिता वस्नेतको गीति एल्बम ‘सुरवी’ र कविता संग्रह ‘बिम्ब’ सार्वजनिक

काठमाडौ : यहाँ आयोजित एक समारोह बिच गीतकार सुनिता वस्नेत थापाको गीति एल्बम ‘सुरवी’ र कविता संग्रह ‘बिम्ब’ सार्वजनिक भएको छ । एल्बममा समावेश गीतहरुमा मेलिना राई, विश्व नेपाली, अस्मिता अधिकारी, वानिका प्रधान ,शिव परियारको स्वर छ। दुईटा गीत भने संगीतकार सुनिल मास्केले आफैले गाएका छन् । एउटा युगल गीतमा उनलाई मेलिनाले सांथ दिएकी छिन् भने अर्को एकल स्वरमा गाएका छन्। गायनमा उनी फ़िट छन् । यत्तिको स्वर भए पनि गायनमा उनी नजम्ने कुरै छैन । तर आजसम्म उनको ध्यान गायनमा भन्दा पनि संगीतमै मात्र छ ।
गीतकार सुनिताको पहिलो एल्बम भए पनि यिनका शब्द बेजोड र गहकिला छन् । शब्द खेलाउन सिपालु देखिन्छिन्। कवितातर्फ पनि यिनको कलम दरिलो देखिन्छ । सुनिल मास्केको एकल संगीत र प्रदिप श्रेष्ठतम एकल संगीत संयोजन यों एल्बममा छ । एल्बममा समावेश गीत ‘तिमीलाई भेट्न’ को म्युजिक भिडियो पनि बनेको छ । निरन्जन पाण्डे र जेविका कार्कीको अभिनय रहेको यो भिडियोमा सुदिप बरालको छायॉकन र विकास दाहालको संपादन रहेको छ । युवराज वाइवाको निर्देशनमा तारिफ योग्य भिडियो बनेको छ ।

प्रतिक्रिया