होली खेल्न र मेला महोत्सब गर्न नपाइने

होली खेल्न र मेला महोत्सब गर्न नपाइने

दैलेख : जिल्ला प्रशासन कार्यालय दैलेखले स–साना जमघट बाहेक भिडभाड जम्मा गरेर कुनै पनि कार्यक्रम नगर्न आग्रह गरेको छ । प्रशासनले कोरोना भाईरसका कारण ठुलो जमघट भई होली लगाएत पर्व मेला, महोत्सब सभा, सम्मेलन, प्रर्दशनी तथा भेटघाट र भिडभाड नगर्न आग्रह गरेको हो । बिहिवार एक सूचना जारी गर्दै प्रशासनले भीडभाड, भेला, सभा सम्मेलन जस्ता कार्यक्रम नगर्न आग्रह गरेको हो ।
जारी सूचनामा भनिएको छ ‘कोरोनाका संकमणबाट जोखिन सचेतना अपनाउनुका साथै भिडभाडमा नजान, मेला, सभा सम्मेलन जस्ता कार्यक्रम नगर्न अनुरोध छ ।’ अर्को सूचना जारी नभएसम्म भेटघाटमा हात नमिलाउन, सकेसम्म सर्जिकल माक्स वा अन्य माक्स प्रयोग गर्न आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले बताए । जिल्लाका ११ वटै स्थानीय तहलाई अर्को व्यवस्था नभएसम्मलाई मेला महोत्सबको स्वीकृत नगर्न आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी क्षेत्रीले बताए ।


जिल्ला प्रशासन कार्यालय दैलेखले जारी गरेको सूचना ।

प्रतिक्रिया