सेञ्चुरी बैंकद्धारा विद्यार्थीहरुलाई स्वीटर वितरण

सेञ्चुरी बैंकद्धारा विद्यार्थीहरुलाई स्वीटर वितरण

दैलेख : सेञ्चुरी बैंक शाखा कार्यालय दैलेखको विद्यार्थीहरुलाई न्यानो कपडा स्वीटर वितरण गरेको छ । बैंकले नारायण नगरपालिका वडा नम्बर ६ स्थित पञ्चदेवल आधारभुत विद्यालयमा अध्ययनरत सबै विद्यार्थीहरुलाई स्वीटर वितरण गरेको हो ।

सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगर्त बाल शिक्षा देखि कक्षा पाँच सम्मका दलित तथा विपन्न विद्यार्थीलाई स्वीटर वितरण गरिएको शाखा प्रबन्धक महेश शाहीले बताए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, बैंकका कर्मचारी, विद्यालयका शिक्षक, विद्यार्थी लगाएत सहभागि थिए ।

प्रतिक्रिया