चट्याङ लागेर दुई घाइते

चट्याङ लागेर दुई घाइते

दैलेख : ठाँटीकाँध गाउँपालिका–४ रानीवनमा साँझ आज ५ बजेतिर चट्याङ पर्दा छिमेकी गाउँ चौडटोलमा दुई जना घाइते भएका छन् । चौडटोलका ११ वर्षीय बालक नरेश बिक र ठाँटीकाँध गाउँपालिका–२ पिपलचौतारा घर भई छोरीको घरमा जानुभएकी ६१ वर्षीया नामसरा बिक चट्याङले बेहोस भएको ठाँटीकाँध प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक रत्नलाल खड्काले जानकारी दिए ।
स्थानीय गाउँबजारको जनक मेडिकलमा घाइतहरुको प्राथमिक उपचार भएको तर मेडिकलवालाले गम्भीर अवस्था भनी जानकारी दिएको आधारमा सुर्खेत तर्फ लैजाने तयारी भएको स्थानीय दिपक बिकले बताए । चट्याङले चौडटोलका डेकेन्द्र बिक र छिमेकीलाई समेत वितरण गर्न जडान गरिएको ३ सय एमपियरको सोलार सेट र स्थानीय जया कठायतको घरमा आगलागी हुँदा खाद्यन्न जलेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया