नेपाल परिवार नियोजन संघ दैलेख शाखाले पायो पूर्णता

नेपाल परिवार नियोजन संघ दैलेख शाखाले पायो पूर्णता

दैलेख : नेपाल परिवार नियोजन संघ दैलेख शाखाले पूर्णता पाएको छ । गत पुष २० गते सम्पन्न अधिवेशनबाट सर्वसम्मत चयन भएका सदस्यहरुको बैठकले जिम्मेवारी बाँडफाड गरेको हो । बैठकले जिम्मेवारी बाँडफाडसँगै सदस्यहरु मनोनित गरेको हो । संघको जिल्ला सभापतिमा पुर्णबहादुर खत्री, उपसभापतिमा दुर्गा श्रेष्ठ, सचिवमा झक्क विष्ट, कोषाध्यक्षमा देवेन्द्र थापा रहेका छन् ।

संघको सदस्यहरुमा सिताकुमारी राना, पुण्यप्रभा दसौदी, युवराज तिमल्सेना, मुन्नी मल्ल, युवा सदस्यहरुमा पुस्षा श्रेष्ठ, लोकेश गिरी छन् । बैठकले तीन जना सदस्य मनोनित गरेको उपसभापतिमा दुर्गा श्रेष्ठले बताइन् । उनका अनुसार पुष्पा श्रेष्ठ, नविन श्रेष्ठ र झप्पड मल्ललाई मनोनित गरिएको हो ।

प्रतिक्रिया