उद्योग वाणिज्य संघ कालिकोटमा शाही विजयी

उद्योग वाणिज्य संघ कालिकोटमा शाही विजयी

कालिकोट : कालिकोट उद्योग वाणिज्य संघको अध्यक्षमा रतनबहादुर शाही विजयी भएका छन्। नेकपा निकट व्यापारीहरुको प्रगतिशिल प्यानलबाट अध्यक्षका उमेदवार शाही ३ सय ९५ मतले विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वि नेपाली कांग्रेस निकट व्यापारीहरुको साझा प्यानलका उमेदवार डिलबहादुर शाहीले ३ सय ५६ मत ल्याएका छन्। विजयी शाहीले ३९ भोट बढी पाएर जीत हासिल गरेका हुन्।

यस्तै संघको वरिष्ठ उपाध्यक्षमा तिलबहादुर शाही, द्धितिय उपाध्यक्षमा टक्कबहादुर बुढा, महासचिवमा रंगलाल देवकोटा, सचिवमा कमल बराल, कोषाध्यक्षमा गौरी संज्याल विजयी भएका छन्। यस्तै खुला सदस्य नवराज बुढा, सदस्य कमल शाही, महिला सदस्य कास्मिरा आचार्य, दलित सदस्य पुर्ण मिजार विजयी भएका छन्। 

प्रतिक्रिया