पूर्वमन्त्री शेर्माको निधन

पूर्वमन्त्री शेर्माको निधन

फिदिम : पूर्वस्थानीय विकासमन्त्री पूर्णकुमार शेर्माको निधन भएको छ। बुधबार दिउँसो काठमाडौंको निदान अस्पतालनमा उपचारको क्रममा शेर्माको निधन भएको हो। दुईओटै मिर्गौलाले काम गर्न छाडेपछि लामो समयदेखि शेर्मा थाल परेका थिए।

२००० साल असोज १२ गते पाँचथरको मिल्लाजुङ गाउँपालिका-२ सराङडाँडामा जन्मिएका शेर्मा २०६६ सालमा स्थानीय विकासमन्त्री भएका थिए। नेपाली कांग्रेस पाँचथरको दुई पटक सभापति भएर पार्टीको नेतृत्व गरेका थिए।

२०५७ सालमा भएको १० औँ र २०६१ सालमा भएको ११औँ अधिवेशनले शेर्मालाई सभापतिमा चयन गरेको थियो। कांग्रेसको १० औँ र ११ औँ महाधिबेशनबाट शेर्मा दुई पटक केन्द्रीय  सदस्यमा निर्वाचित भएका थिए।

जिल्लाको पुरानो नेताका रुपमा चिनिएका शेर्मा २०२१ सालमा निगाले गाउँ पञ्चायतको प्रधानपञ्चसमेत भएका थिए। शेर्माका दुई श्रीमतीमध्ये कान्छी जनिमाया मगरको साथमा उनी काठमाडौं बस्दै आएका थिए। उनका दुई छोरा र पाँच छोरी छन्।

प्रतिक्रिया