एशियन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

एशियन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

ज्वाला सन्देश संवाददाता
दैलेख :
एशियन लाईफ ईन्स्योरेन्स कम्पनी प्रस्तावित शाखा दैलेखले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले ९० हजार पाँच सय बराबरको रकमको दाबी भुक्तानी गरेको हो । गएको माघ ६ गते निधन भएका भैरबी गाउँपालिका–४ सिलंगीका कर्णबहादुर थापाको परिवारलाई रकम प्रदान गरिएको कम्पनीले जनाएको छ । मृतक थापाका श्रीमती सरिता थापालाई भैरवी गाउँपालिका अध्यक्ष प्रेमबहादुर बुढा, कम्पनीका प्रस्तावित शाखा प्रमुख मिलन श्रेष्ठ र भैरवी गाउँपालीका–४ का वडाध्यक्ष विरेन्द्र शाहीले संयुक्त रुपमा बिमांक वापतको ९० हजार पाँच सय चौरानब्बे रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
थापाले एशियन लाईफ ईन्स्योरेन्समा १५/१५ बर्षिय एशियन सार्बाधिक र बाल भविष्य जीवन बीमा योजना अन्तर्गत ५७ हजार र ६० हजारको दुई वटा बीमा गरेका थिए । थापाले तीन किस्ता वापत ११ हजार ८ सय ८३ रुपैयाँ कम्पनीमा बुझाएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया