ग्यासमा कालोबजारी गर्नेलाई कानुनी कारवाहीको दायरामा ल्याउँछौ : प्रजिअ कटेल

ग्यासमा कालोबजारी  गर्नेलाई कानुनी कारवाहीको  दायरामा ल्याउँछौ : प्रजिअ कटेल

दैलेख : व्यापारीहरुले खाना पकाउने ग्यासको अभाव सिर्जना गराएको भन्ने उपभोक्ताहरुको मौखिक गुनासो पछि जिल्ला प्रशासन कार्यालय दैलेखले बिक्रेताहरुको पसल अनुगमन गरेको छ । कोरोना भाइरसको प्रभावले आयात कमी भएको बाहना बनाउदै व्यापारीहरुले ग्यास लुकाएर अभाव सिर्जना गर्ने, बढी मूल्यमा बिक्री गर्ने गरेको गुनासोको आधारमा प्रशासनले अनुगमन गरेको हो ।
दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीको नेतृत्वमा प्रहरी निरीक्षक नैनबहादुर साउद सहितको टोलीले ग्यास बिक्रेताको पसलहरु अनुगमन गर्दा दैलेख १४ वटा ग्यास नियन्त्रणमा लिएको छ । तपाईको पसलमा ग्यास कति स्टक छ ? भनी सोधेर लिखित गराइसकेपछि २ वटा ठूला पसलहरुबाट लुकाई राखेका १४ वटा ग्यास जफत गरेको हो । अनुगमन टोलीले श्रेष्ठ भाँडा पसलबाट ११ र एलिजा स्टोरबाट ३ वटा सिलिण्डर ग्यास नियन्त्रणमा लिएको सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले बताए ।
हामीसंग स्टक छैन भनिसकेपछि पनि भेटिएको फेला परेका ती ग्यास नियन्त्रणमा लिईएको सो विषयमा कानूनी कारवाही अगाडि बढाइने दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले जानकारी दिए । विपद्को समयमा अभाव सिर्जना गरेको विषयमा उभोक्ताको गुनासो आउनासाथ तत्काल अनुसन्धान गरी दोषी भेटिएमा खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थ र खाद्यान्नमा कालोबजारी गर्ने व्यापारीलाई कानूनी कारवाहीको दायरामा ल्याउने प्रमुख जिल्ला अधिकारी कटेलले बताए ।

प्रतिक्रिया