क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

हिक्मतबहादुर नेपाली
दैलेख :
जिल्लाको ठाटीकाँध गाउँपालिकामा क्वारेन्टाइन निर्माणका लागि सामग्री लिएर गएको मिनिट्रक दुर्घटनामा परेको छ । गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन भारत लगाएत तेस्रो मुलुकबाट आएका व्यक्तिहरुलाई राख्न क्वारेन्टाइन निर्माण गर्न आवश्यक सामग्री खरिद गरि लैजान लागेको थियो । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट सामग्री लिएर दैलेखको ठाटीकाँध गाउँपालिका तर्फ गईरहेको भे १ ख २७३० नम्बरको मिनिट्रक दुर्घटनामा परेको हो । ट्रक दुल्लु नगरपालिका वडा नम्बर ३ सियालामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
दुर्घटनामा परी चालक सहित चार जना घाइते भएका छन् । चालक ठाटीकाँध गाउँपालिका–६ का २३ बर्षीया सागर शाही, दुल्लु नगरपालिका–२ का २२ बर्षीया लक्ष्मी थापा, सोहि ठाउँकी १७ बर्षीया रमिला थापा र सिंजा गाउँपालिका–६ जुम्लाका १८ बर्षीया कर्णबहादुर बुढा रहेको प्रहरीले जनाएको छ । घाइते चारै जनालाई उपचारका लागि सुर्खेत पठाईएको प्रहरी नायव उपरीक्षक (डीएसपी) हरिबहादुर ओलीले जानकारी दिए ।

प्रतिक्रिया