सोसेकद्धारा पंचदेवल विनायक नगरपालिकालाई स्वास्थ्य तथा खाद्यान्न सामग्री हस्तान्तरण

ज्वाला सन्देश संवाददाता
दैलेख चैत्र २३ गते ।
विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम, नियन्त्रण तथा सर्तकताका लागि सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले सुदुरपश्चिम प्रदेशको पंचदेवल विनायक नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । डिसिए नेपालको आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले उक्त सामग्री हस्तान्तरण गरिएको हो । पाँच सेट पीपीई अर्थात पर्सनल प्रोटेक्टिटभ इक्वीपमेन्ट, मास्क तथा सेनिटाइजर नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।
त्यसैगरी कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत्र ११ गते देखि देशभर लकडाउन गरेको छ । कोरोना भाइरस संक्रमणको कारण सरकारले लकडाउन घोषणा गरेपछि खाद्यान्नको समस्या भएका परिवारलाई राहत वितरण गर्नका लागि खाद्यान्न समेत वितरण गरिएको संस्थाले जनाएको छ । संस्थाका अनुसार नगरपालिका मार्फत एकद्धार प्रर्णाली मार्फत वितरण गर्ने गरी ६० बोरा चामल, ६० केजी दाल, ३० केजी चिनी, ८ केजी चियापत्ती, ६० केजी नुन र ६० पोका तेल हस्तान्तरण गरिएको हो । सोमवार पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख देवराज देवकोटा, उप–प्रमुख अम्बिका चलाउने प्रमुख प्रशासकिय अधिकृत पदम माझीलाई उक्त सामाग्री गरिएको हो ।
नगरपालिकालाई हस्तान्तरण गरिएको खाद्य सामग्री नगरपालिका मार्फत नै नगर क्षेत्रका बादी समुदाय, एकल महिला, एचआइभी संक्रमित, अपांगता भएका व्यक्ति तथा अति विपन्न परिवारलाई वितरण गरिने सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापाले बताए ।
प्रतिक्रिया