कविता : मान्छे डराएको दिन

कविता : मान्छे डराएको दिन

छन् मान्छे आज गुप्त गुप्त
मरिन्छ कि भन्ने अनहाकमा
मर्न कति मरिसके त्यसले
रोग त्यो कोरना बाहुपासमा

फैलिसक्यो विश्व भरि यो
हजारौ मरिसके लाखौ यसको पासामा
सिद्धाउने यो मानिस जनलाई
छन् मान्छेहरु गुप्त यसकै डरमा

गरीखाने जन गुप्त भै बसे
के होला भोली देश लक डाउनमा
थोप्रिइन्छ क्या हो रिनको भारी
के खाने आज के खाने पछी सोचमा

काम उद्योग धन्दा बन्द भो
बाँचियो भने फेरि पनि गरिन्छ सोचमा
रोग भन्दा भोगले सिद्धाउँछकी गरिबलाई
परिरहेछ सोच ती दुःखी मनहरूमा

दाता भन्ने टाउका देखिन्छन कति तर,
पाँच केजी चामल, एक वर्ष पुग्ने फोटो फ्रेममा
राहात दियौ भनि लाइभ आइरहेछँन्
फेरी धनि र गरिब एउटै लाइनमा

सुरक्षित भनि लकडाउन बढाईरहेछौ
श्रमजीवि परिरहेछन् सन्त्रासमा
हुने खाने बाँच्ने होलान सरकार कोरोनाबाट
गरिब त मर्ने भए भोगको डर त्रासमा ।

प्रतिक्रिया