भगवतीमाई गाउँपालिकाका ५६ जनाको ¥यापिड टेस्ट, सबैको रिपोर्ट नेगेटिभ

भगवतीमाई गाउँपालिकाका ५६ जनाको ¥यापिड टेस्ट, सबैको रिपोर्ट नेगेटिभ

फाइल तस्बिर

दैलेख वैशाख ६ गते ।
स्वास्थ्य सेवा कार्यालय दैलेखको टोलीले भगवतीमाई गाउँपालिकाको बेस्तडामा शनिवार गरेको ५६ जनाको आरडीटी रिपोर्ट नेगेटिभ आएको छ । गाउँपालिकाका अध्यक्ष दान बहादुर थापाका अनुसार चीनबाट आएका १, कतारका १, मलेसियाबाट ४ र भारतबाट आएका ५० जनाको परीक्षण गरिएको हो ।
भगवतीमाई गाउँपालिकामा यस अघि ८ जनाको आरडीटी गरिएकोमा उनीहरुको पनि रिपोर्ट नेभेटिभ आएको थियो । कसैलाई कोरोना नभएको पुष्टी भएपछि क्वारेण्टाइनमा राखिएका सबैलाई घर पठाइएको अध्यक्ष थापाले जानकारी दिए ।

प्रतिक्रिया