भीरबाट लडेर मृत्यु

भीरबाट लडेर मृत्यु

दैलेख वैशाख ९ गते ।
भगवतीमाई गाउँपालिका–४ तुर्सुका ३२ बर्षीय बेगबहादुर दमाईको मृत्यु भएको छ । घाँस काट्न गएको बेला भीरबाट लडेर उनको मृत्यु भएको हो । स्थानीय धेलेको भीरमा घाँस काट्न गएको बेला लडेर डेढ सय मीटर तल खोल्सामा खस्दा घटना स्थलमै उनको ज्यान गएको बेस्तडा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक जीतबहादुर खड्काले बताए । साथमा गएकी बेगबहादुरकी श्रीमती पवित्रा दमाई र अरु दुई साथी समेतले खबर गरेको आधारमा घटनास्थल पुग्दा टाउको फुटेर मृत्यू भइसकेको अवस्थामा फेला पारेका प्रहरी सहायक निरीक्षक खड्काले जानकारी दिए ।

प्रतिक्रिया