दैलेखमा पाटे बाघ मृत अवस्थामा भेटियो

दैलेखमा पाटे बाघ मृत अवस्थामा भेटियो

दैलेख वैशाख ९ गते । जिल्लाको दुल्लू नगरपालिका–३ तियाडीको जंगलमा चितुवा प्रजातिको पोेथी पाटे बाघ मृत अवस्थामा फेला परेको छ । स्थानीय र प्रहरीको सूचना आधारमा मृत पाटे बाघ सव–डिभिजन कार्यालयको टोलीले घटना स्थलबाट जिल्ला सदरमुकाममा पु¥याएर मृत पाटे बाघ कार्यालय हातामा गाडिएको सहायक वन अधिकृत नवराज पौडेलले जानकारी दिए ।

अन्दाजी १३–१४ वर्ष जतिको बुढो उमेर बाघको टाउकोमा चोट लागेको र गन्हाइसकेको अवस्थामा मृत फेला परेकोले त्यहाँका स्थानीयले छाला काटेर लिन सक्ने सम्भावना भएको कारण सदरमुकाममै ल्याएर गाडिएको डिभिजनल वन अधिकृत मूनबहादुर राउतले बताए ।
स्थानीयहरुले विहानै पाटे बाघ मृत फेला पारेको जानकारी पाएपछि डिभिजन वन कार्यालयलाई खवर गरेका थिए । यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी हरिबहादुर ओलीले जानकारी बताए ।

प्रतिक्रिया