स्थानीय तहलाई खाद्यान्न हस्तान्तरण

स्थानीय तहलाई खाद्यान्न हस्तान्तरण

This image has an empty alt attribute; its file name is n-1.jpg

स्थानीय तहलाई खाद्यान्न हस्तान्तरण गरिँदै ।

ज्वाला सन्देश संवाददाता
दैलेख वैशाख १२ गते

दैलेखका स्थानीय तहलाई नेपाली काँग्रेसका दुई नेताहरुले खाद्यान्न हस्तान्तरण गरेका छन् । महाधिवेशन प्रतिनीधि दिक्पाल कुमार शाही र युवा नेता बासुदेव शर्माले जिल्लाका पाँच स्थानीय तहलाई खाद्यान्न प्रदान गरेका हुन् । काँग्रेस जिल्ला कार्यसमिति दैलेखको समन्वयमा दैलेख निर्वाचन क्षेत्र नं. २ का तीन वटा नगरपालिका र दुई वटा गाउँपालिकालाई खाद्यान्न प्रदान गरिएको हो ।

स्थानीय तहहरुलाई चामल, तेल, नुन र हातधुने साबुन प्रदान गरिएको काँग्रेस दैलेखका सभापति कृष्णकुमार बिसीले बताए । स्थानीय तहका झण्डै एक हजार घरपरिवारलाई स्थानीय तह मार्फत वितरण गर्ने गरी खाद्यान्न हस्तान्तरण गरिएको सभापति विसीले जानकारी दिए ।
जिल्लाको दुल्लू नगरपालिकालाई ३० क्वीन्टल चामल, तीन सय पोका तेल, तीन सय प्याकेट नुन, तीन सय वटा हातधुने साबुन हस्तान्तरण गरिएको ।

यस्तै चामुण्डाविन्द्रासैनी नगरपालिकालाई २० क्वीन्टल चामल, दुई सय पोका तेल, दुई सय प्याकेट नुन, दुई सय वटा हातधुने साबुन तथा आठबीस नगरपालिकालाई २० क्वीन्टल चामल, दुई सय पोका तेल, दुई सय प्याकेट नुन, दुई सय वटा हातधुने साबुन हस्तान्तरण गरिएको प्रेस युनियन दैलेखका सभापति भुपेन्द्र शाहीले जानकारी दिए ।
शाहीका अनुसार भैरबी गाउँपालिकालाई १५ क्वीन्टल चामल, एक सय ५० पोका तेल, एक सय ५० प्याकेट नुन, एक सय ५० वटा हातधुने साबुन र ठाटीकाँध गाउँपालिकालाई १५ क्वीन्टल चामल, एक सय ५० पोका तेल, एक सय ५० प्याकेट नुन, एक सय ५० वटा हातधुने साबुन हस्तान्तरण गरिएको छ । स्थानीय तहलाई हस्तान्तरण गरिएको खाद्यान्न कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि गरिएको एक महिना लामो लकडाउनका कारण खाद्यान्नको समस्यामा परेका दैनिक मजदुरी गरेर खाने, हुँदा खाने वर्गहरु तथा अतिविपन्न परिवारलाई एकद्धार प्रणालीबाट उपलब्ध गराउने बताईएको छ ।

स्थानीय तहलाई खाद्यान्न हस्तान्तरण गरिँदै ।

प्रतिक्रिया