कोरोना अपडेट : दैलेखमा ७२१ जनाको कोरोना रिपोर्ट नेगेटिभ

कोरोना अपडेट : दैलेखमा ७२१ जनाको कोरोना रिपोर्ट नेगेटिभ

दैलेख वैशाख १२ गते । दैलेखका ७ सय २१ जनामा गरिएको कोरोना परीक्षणको रिर्पोट सबैको नेगेटिभ देखिएको छ । भारत लगाएत तेस्रो मुलुक र नेपालकै अन्य जिल्लाबाट आएका मध्ये ७ सय २१ जनाको कोरोना भाइरसको नमूना परीक्षण गरिएको हो । जिल्लाका विभिन्न स्थानीय तहमा स्वास्थ्यकर्मी सहितको टोलीले पीसीआर र आरडीटी प्रविधि मार्फत नमुना संकलन तथा परीक्षण गरेका हुन् । तीमध्ये ८९ जनाको पीसीआर प्रविधि र ६ सय ३२ जनाको आरडीटी प्रविधिद्धारा कोरोना परीक्षण गरिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत तथा कोभिड–१९ का फोकल पर्सन थीरप्रसाद रेग्मीले बताए ।

प्रतिक्रिया