विश्व वातावरण दिवस : भैरबीका बालबालिकाले रोपे बिरुवा

विश्व वातावरण दिवस : भैरबीका बालबालिकाले रोपे बिरुवा

दैलेख जेठ २३ गते ।
विश्व वातावरण दिवसको अवसरमा भैरबी गाउँपालिकाका बालबालिकाहरुले बिरुवा रोपेका छन् । ‘सुरक्षित जीवनका लागि जैविक विविधता’ भन्ने मुल नाराका साथ यसवर्ष बालबालिकाहरुले बृक्षारोपण गरेका हुन् । भैरबी गाउँपालिका–५ मा गठित बालबालिकाहरुले आ-आफ्नो घर वरीपरी बिरुवा रोपेका हुन् ।


एईआएन लक्जेम्बर्गको आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्वारा संचालित महिला युवा तथा बाल अधिकार प्रर्वद्धन (आधार) परियोजनाको सहजिकरणमा बालबालिकाले बृक्षारोपण गरेका हुन् । बालबालिकाहरुले स्थानीय स्तरमा पाइने फलफूलहरु आरु, किमु, बेलौती, उतिस, खनिया लगाएत १ सय २० किसिमका फलफूलहरु रोपेका हुन् ।
यस्तै डाडीमाडीमा रहेको चिल्ड्रेन सेफ बाल क्लबका बालबालिकाहरुले डाडीमाडी बजारमा रहेको महाबै जगनाथ मन्दिर सरसफाई समेत गरेका छन् । सामाजिक दुरी कायम गरेर सरफाई गरिएको आधार परियोजनाका सामाजिक परिचालक निर्मला नेपालीले बताइन् ।

प्रतिक्रिया