क्वारेन्टाइनमा बसेकालाई मनोपरामर्श कक्षा सञ्चालन

क्वारेन्टाइनमा बसेकालाई मनोपरामर्श कक्षा सञ्चालन

सुर्खेत जेठ २५ गते ।
कोरोना भाइरस (कोभिड–१९) ले त्रसित बनाएपछि भारतमा मजदुरी गर्न गएका नेपाली धमाधम स्वदेश फर्कन थालेका छन् । भारतबाट फर्किएका व्यक्तिहरु स्थानीय तहहरुले निर्माण गरेको क्वारेन्टाइनमा बसिरहेका छन् । स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा बसेका व्यक्तिहरुलाई मनोपरामर्श तथा उत्प्रेरक कक्षा सञ्चालन गरिएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाका नेपाल राष्ट्रिय माध्यामिक विद्यालय डाडाँस्कुल र जन नमुना माध्यामिक विद्यालयको क्वारेन्टाइनमा बसेका व्यक्तिहरुलाई लक्षित गरेर कक्षा सञ्चालन गरिएको हो । विकास सशक्तिकरण र सचेतनाका लागि लगानी आइडिया नेपालले कक्षा सञ्चालन गरेको हो ।


उच्च मनोबलका साथ कोरोना भाइरससँग लड्न मानसिक रूपमा बलियो बनाउन, क्वारेन्टाइनमा बसेकाहरूलाई घर फर्किदा कुनै मानसिक चिन्ता नपरोस् भन्ने उद्धेश्यले सकारात्मक सोच, तनाब व्यवस्थापन सम्बन्धि मनोपरामर्श तथा उत्प्रेरक कक्षा सञ्चालन गरिएको आइडिया नेपालका अध्यक्ष रचना सुनारले बताइन् । लामो समयसम्म लकडाउन र त्यसपछि विद्यालयको क्वारेन्टाइनमा रहनु परेकाले स्थानीयलाई कुनै मनोसामाजिक समस्या नहोस् भनेर उक्त कक्षा सञ्चालन गरिएको अध्यक्ष सुनारको भनाई छ ।

सामाजिक दुरी कायम गर्दै कक्षा सञ्चालन गरिएको हो । आइडिया नेपालका सचिव राजकुमार विक, आइडिया नेपालमा आबद्ध स्वंमसेवकहरु क्वारेन्टाइनमै पुगेर कक्षा सञ्चालनमा सहजिकरण गरेका थिए । क्वारेन्टाइनमा बसेका झण्डै दुई सय बढि व्यक्तिहरुलाई कक्षामा समावेश गराईएको थियो । आइडिया नेपालले क्वारेन्टाइनमा बसेकालाई फलफुल वितरणसमेत गरेका छ ।

प्रतिक्रिया