दैलेखमा थप ३७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५३८ पुग्यो

दैलेखमा थप ३७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५३८ पुग्यो

दैलेख जेठ ३२ गते । दैलेखमा कोरोना संक्रमितको संख्या ५ सय ३८ पुगेको छ । शनिबार थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५ सय ३८ पुगेको छ ।  कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तरगर्त स्वास्थ्य सेवा महाशाखाका अनुसार प्रदेश अस्पतालको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेखको नौमूले गाउँपालिकाका ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

नौमूले गाउँपालिका-१ मा १३, २ मा चार, ३ मा तीन, ५ मा दुई, ६ मा दुई, ७ मा छ र ८ मा पाँचजनामा संक्रमण पुष्टि भएको हो । यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लास्थित प्रयोगशालामा गरिएको परीक्षणमा नारायण नगरपालिका-२ का दुईजनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा महाशाखामा प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जानकारी दिए । 

कोरोना संक्रमितमध्ये दैलेखको नारायण नगरपालिकाका एक सय ९६, दुल्लुका ६७, चामुण्डाविन्द्रासैनीका एक र आठबीस नगरपालिकाका २१ जना छन् । यस्तै डुङ्गेश्वरका ६८, महाबुका एक सय ८, भैरबीका ९, गुराँसका २, भगवतीमाईका ९, नौमूलेका ५४ र ठाटीकाँध गाउँपालिकाका तीनजना छन् । 

संक्रमितमध्ये ३८ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । आइतवार नारायण नगरपालिका-२ का दुई जना निको भएर डिस्चार्ज भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड-१९ फोकल पर्सल थीरप्रसाद रेग्मीले बताए । योसहित नारायण नगरपालिकाका २९ जना, दुल्लु नगरपालिकाका ७ जना, आठबीस नगरपालिकाका एक र डुङ्गेश्वर गाउँपालिकाका एकजना कोरोना जितेर डिस्चार्ज भएका छन् । 

कुन स्थानीय तहमा कति संक्रमित ?

प्रतिक्रिया