डुङ्गेश्वर गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

डुङ्गेश्वर गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

दैलेख असार ३ गते ।
जिल्लाको डुङ्गेश्वर गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । क्वारेन्टाइन तथा भारतबाट आई सेल्फ क्वारेन्टाइनमा बसिरहेका महिलाहरुलाई वितिरण गर्ने गरी गाउँपालिकालाई सामग्री हस्तान्तरण गरिएको हो । हेल्भेटास नेपालको सहयोग, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको सहजिकरणमा सञ्चालित एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रमले उक्त सामग्री हस्तान्तरण गरिएको हो ।
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका पूर्व अध्यक्ष सिताकुमारी रानाले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ललितकुमार थापा, स्वास्थ्य शाखा संयोजक दलबहादुर विक र योजना अधिकृत देवेन्द्र खड्कालाई सामग्री हस्तान्तरण गरिन् । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका अनुसार दुई सय एमएलको दुई सय बोटल सेनीटाइजर, दुई सय ५० वटा सेनेटरी प्याड, एक सय वटा सर्जिकल मास्क, २० वटा एन नाइन्टीफाइभ मास्क लगाएतका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

यसैबिच हेल्भेटास नेपालको सहयोग, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको सहजिकरणमा सञ्चालित एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रमले दुल्लु नगरपालिकामा पनि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । दुई सय एमएलको सय बोटल सेनीटाइजर, दुई सय ५० वटा सेनेटरी प्याड हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया