पढाई कुना निर्माण सामग्री सहयोग (तस्विर सहित)

पढाई कुना निर्माण सामग्री सहयोग (तस्विर सहित)

दैलेख असार १४ गते ।
दैलेखको भैरबी गाउँपालिका–५का १० जना विपन्न जेहेनदार बालबालिकाहरुलाई विभिन्न सामग्रीहरु सहयोग गरिएको छ । पढाई कुना निर्माणका सामग्री सहयोग गरिएको हो । एईआएन लक्जेम्बर्गको आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्वारा संचालित महिला युवा तथा बाल अधिकार प्रर्वद्धन (आधार) परियोजनाले ‘पढाई कुना’ निर्माणका लागि विभिन्न सामग्रीहरु उपलब्ध गराएको हो ।
कोरोना महामारीका कारण विगत तीन महिनादेखि विद्यालय खुल्न नसकिरहेका बेला विद्यार्थीलाई वैकल्पिक उपाय मार्फत पढाउन थालिएको छ । बालबालिकाहरुको पढाईमा निरन्तरता दिन घरमै आचारसंहिता निर्माण गरि पठनपाठन गर्ने वातावरण सृजना गर्नका लागि पढाई कुना निर्माण गर्ने गरी सामग्रीहरु उपलब्ध गराईएको परियोजनाका सामाजिक परिचालक निर्मला नेपालीले बताइन् ।
सामग्री वितरणपछि अभिभावक र बालबालिका पढाईको वातारण तयार गर्न सक्रिय हुन थालेका छन् । अहिले ती बालबालिकाका अभिभावकहरुले घरमै पढाईको वातावरण बनाउन थालेका छन् । पढाईमा निरन्तरतासँगै बालबालिकाहरुले घर वरपर बृक्षारोपण गर्ने, कुहिने र नहुहिने फोहोर फाल्न खाडल निर्माण जस्ता क्रियाकलापमा सक्रिय छन् ।

प्रतिक्रिया