तरकारी खेतीका लागि पोलीहाउस वितरण

तरकारी खेतीका लागि पोलीहाउस वितरण

दैलेख असार २० गते । जिल्लाको भैरबी गाउँपालिकाका महिलाहरुलाई पोलीहाउस (प्लास्टिक घर) वितरण गरिएको छ । तरकारी खेतीका लागि पोलीहाउस (प्लास्टिक घर) वितरण गरिएको हो । गाउँपालिका भर ३५ वटा पोलीहाउस (प्लास्टिक घर) वितरण गरिएको हो । एइआइएन लक्जेम्वर्गको आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेख मार्फत संचालित महिला, युवा तथा बाल अधिकार प्रवद्र्धन आधार परियोजनाले पोलीहाउस (प्लास्टिक घर) प्रदान गरेकाे हो ।
गाउँपालिका भित्र गठित महिला तथा आमा समुहका सदस्यहरुलाई पोलीहाउस (प्लास्टिक घर) दिईएको परियोजनाका कृषि प्राविधिक सम्झना थापाले जानकारी दिइन् । पोलीहाउस (प्लास्टिक घर) उपलब्ध गराएसँगै स्थानीय महिलाहरु तरकारी खेतीमा हौसिएका छन् ।
पोलीहाउस (प्लास्टिक घर) सँगै टमाटरको बीउ समेत प्रदान गरिएको कृषि प्राविधिक थापाले जानकारी दिइन् । ‘पोलीहाउस (प्लास्टिक घर) र बीउ वितरण गरेर तरकारी खेतीका लागि नर्सरी ब्याड राख्न सहजिकरण गरेका छौ,’ थापाले भनिन् । किसानहरुलाई तरकारी खेतीका लागि नियमित रुपमा प्राविधिक सहयोग उपलब्ध गराउने उनले बताइन् ।

प्रतिक्रिया