कोरोनाले मृत्यु हुनेको संख्या ३९ पुग्यो

कोरोनाले मृत्यु हुनेको संख्या ३९ पुग्यो

काठमाडौं असार ३१ गते । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्व गौतमका अनुसार बुधबार रौतहटका एक पुरुषको कोरोनाकै कारण मृत्यु भएको हो। 

रौतहटको पर्रोहा नगरपालिका- ७  का ३६ वर्षीय पुरुषको बुधबार दिउँसो २ : ३० बजे निधन भएको मन्त्रालयले जनाएको छ। असार २४ गते भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका उनलाई ज्वरो आएपछि असार २९ गते अस्पताल भर्ना गरिएको थियो। असार ३० गते उनमा कोरोना भएको पुष्टि भएको थियो। नारायणी अस्पतालको आइसीयूमा उनको बुधबार निधन भएको हो। नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार एक सय ७१ पुगेको छ। मन्त्रालयका प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १७ हजार एक सय ७७ पुगेको हो। 

पछिल्लो २४ घण्टामा पाँच हजार ८० नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ। अहिले क्वारेन्टाइन २४ हजार पाँच सय २७ जना छन्। आइसोलेसन ६ हजार एक सय १३ जनाको उपचार भइराखेको छ। पछिल्लो २४ घण्टामा ६ सय ९७ जनाले कोरोना जितेका छन्। मन्त्रालयका अनुसार ११ हजार २५ जनाले अहिलेसम्म कोरोना जितेका छन्। यो संख्या कुल संक्रमितमध्ये ६४ प्रतिशत बढी भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए। 

प्रतिक्रिया