डा. विश्वकर्मालाई प्रकाश मानव अधिकार पुरस्कार

डा. विश्वकर्मालाई प्रकाश मानव अधिकार पुरस्कार

काठमाण्डौं साउन १६ गते ।
बाजुरा जिल्ला अस्पतालमा नागरिकको स्वास्थ्य सेवामा महत्वपूर्ण काम गरेको भन्दै भएका डा. रुपचन्द्र विश्वकर्मालाई ५० हजार राशीको प्रकाश मानव अधिकार पुरस्कार दिइएको छ । २६ औं प्रकाश स्मृति दिवसको अवसरमा उहाँलाई आज काठमाण्डौं पुरस्कार दिइएको इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठले जानकारी दिनुभयो ।नेपालको मानव अधिकार, राजनीति, शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा विशिष्ट योगदान गरेका एक जनालाई दिइँदै आएको छ । इन्सेकका संस्थापक महासचिव श्री प्रकाश काफ्लेको २०४९ साल साउन १६ गते नुवाकोटको घोप्टेभिरमा थाइ एयर दुर्घटनामा निधन भएको दिन मनाइने स्मृति दिवसमा यो पुरस्कार दिइन्छ ।

प्रतिक्रिया