पहिरो पीडितलाई राहत

पहिरो पीडितलाई राहत

दैलेख भदाै १५ गते । दैलेखका पहिरो पीडित घर परिवारलाई राहत उपलब्ध गराईएको छ । भगवतीमाई गाउँपालिका–१ पगनाथ राँकाका ३ घरपरिवारलाई राहत उपलब्ध गराईएको हो । लगातारको बर्षातका कारण पहिरोले घर भत्किएर विस्थापित घर परिवारहरुलाई सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले राहत वितरण गरिएको हो । डिसीए नेपालको सहयोगमा सोसेकले राहत उपलब्ध गराएको हो ।
प्रतिपरिवार ३० केजीको एक बोरो चामल, एक केजी दाल, एक लिटर तेल, १५ मिटर पिफर्म, पाल उपलब्ध गराईएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका उप–कार्यकारी निर्देशक बसन्त श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार विस्थापित परिवारहरुलाई एक केजी चिनी, २ सय ग्राम चियापत्ती, एक केजी नुन, ५ वटा कपडा धुने साबुन, ५ वटा नुहाने साबुन उपलब्ध गराईएको हो । यस्तै ड्रम, नङकट, ५ प्याकेट सेनेटरी प्याड, ५ वटा ब्रस र एक वटा मनजन उपलब्ध गराईएको उपकार्यकारी निर्देशक श्रेष्ठले जनाए ।
यस्तै कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट बच्न प्रतिपरिवार ५ वटा मास्क र दुई सय एमएल सेनीटाइजर उपलब्ध गराईएको छ । सोमवार पहिरोबाट घर भत्किएर विस्थापित भएका परिवारहरुलाई सामग्रीहरु हस्तान्तरण गरिएको हो । पहिरो पीडित टेकबहादुर बस्नेतले समस्यामा परेका बेला सहयोग उपलब्ध गराउने संस्थालाई धन्यवाद ज्ञापन गरे ।

प्रतिक्रिया