काठमाडौं महानगरपालिकाका मेयर शाक्यलाई कोरोना संक्रमण

काठमाडौं महानगरपालिकाका मेयर शाक्यलाई कोरोना संक्रमण

काठमाडाैं भदाै १५ गते । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ । दुई दिनअघि स्वाब दिएका उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।मेयर शाक्यको सचिवालयका अनुसार उनकी पत्नीलाई सन्चो नभएपछि शाक्य दम्पत्तिले स्वाब दिएका थिए । तर, उनकी पत्नीलाई भने  कोरोना संक्रमण देखिएन ।मेयर शाक्यलाई कोरोना संक्रमणको लक्षण देखिएको छैन । उनी  होम आइसोलेसनमा बसेका छन् ।

प्रतिक्रिया